६ चैत्र २०८०, मंगलवार
Follow Us

हिन्दू धर्म प्रर्वधन गर्न सरकारले सहयोग गर्छ – कार्यवाहक राजदूत आरन, (रथयात्रा फोटो सहित)

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७३, आईतवार १७:५२

लन्डन । बेलायतका लागि कार्यवाहक राजदूत शरदराज अरनले नेपालमा ९० प्रतिशन हिन्दूधर्म प्रति आस्था राख्ने नेपाली जनता भएको बताउदै हिन्दू धर्मको लागि विदेशी भूमिमा हुने गतिविधीले नेपाली जनतामा उत्साह ल्याउने जनाएका छन् । आरनले आइतवार पश्चिम लण्डनको साउथहलमा श्री राम मन्दिरको संयोजकत्वमा आयोजित शोभायात्रालाई सम्बोधन गर्दै उक्त कुरा वताएका हुन् । कार्यक्रममा शुभकामना दिदैं आरनले नेपाल सरकाले हिन्दू धर्मको प्रर्वधनका लागि सक्दो सहयोग गर्ने बचन दिदैं शोभायात्राको सफलताका लागि शुभकामना दिए ।

शोभायात्रमा बेलायतीमा रहेको धार्मिक संघ संस्था तथा हिन्दू मन्दिरहरुको प्रतिनिधीहरुको सहभागीता थियो ।
शोभा यात्रामा विश्व हिन्दु महासंघ बेलायत शाखाको सकृय सहभागीता जनाएकाे थियाे । शोभायात्रामा बेलायतका लागि भारतीय हाईकमिसनर,बेलायतका लागि मरिस्सको राजदूत, बेलायती संसल विरेन्द्र शर्मा, जिएलए सदस्य ओनकार सहोता लगायतकाे उपस्थिति रहेको थियो ।
3

2

1