१९ बैशाख २०८१, बुधबार
Follow Us

पत्रकार वैष्यको निधनप्रति महासंघको समवेदना

नेपालब्रिटेन डट कम्
८ पुष २०७४, शनिबार ०९:५७

काठमाडौं । नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल निधन भएकोमा दुःख व्यक्त गरेको छ । पत्रकार वैष्यको प्रोस्टेट क्यान्सरबाट ७४ वर्षको उमेरमा पुुस ७ गते निधन भएको थियो । पत्रकार वैष्यका श्रीमती, छ छोरा र एक छोरी हुनुहुन्छ ।
विसं २०२६ देखि बर्दियाबाट पत्रकारिता शुरु गर्नुभएका वैष्यले काठमाडौँबाट प्रकाशित हुने चेतना, राष्ट्रध्वनि र राष्ट्रपुकार साप्ताहिकमा काम गर्नुभएको थियो । पछिल्लो समय २५ वर्षदेखि बाँकेबाट प्रकाशित शंखनाथ साप्ताहिकका सम्पादक÷प्रकाशक रहनुभएका वैष्यले पाँच वर्ष बिबिसी नेपाली सेवामा पनि काम गर्नुभएको थियो । वैष्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भिक पत्रकार गुमाएको छ ।
नेपाल पत्रकार महासंघले स्व वैष्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दे शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।