१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन परियोजना सम्पन्न गर्न कार्यदल गठन

नेपालब्रिटेन डट कम्
८ पुष २०७४, शनिबार ११:३७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले परियोजना सम्पन्न गर्नका लागि कार्यदल गठन गरेको छ । मेगा प्रोजेक्टको नेतृत्व अध्यक्ष भवन भट्टले लिएका छन् । मेगा प्रोजेक्टअन्तर्गत पाँचवटा परियोजना छन् । उक्त पाँचवटै परियोजनाको संयोजक भने बेग्लाबेग्लैलाई तोकियो छ ।
भूकम्प पुनर्मिाणको संयोजकमा उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएन भवन निर्माणको संयोजक उपाध्यक्ष कुमार पन्त, शंखमुलघाट पार्क परियोजनाको संयोजक उपाध्यक्ष कुल आचार्य, उज्यालो नेपालको संयोजक महासचिव डा. बद्री केसी र एनआरएन फाउन्डेसनको संयोजकमा कोषाध्यक्ष हिक्मत थापालाई तोकिएको छ ।
एनआरएनले चारवटा प्रवद्र्धनात्मक कार्यक्रम पनि अघि सारेको छ । यसको संयोजकमा उपाध्यक्ष सपिला राजभण्डारी छन् भने पर्यटन प्रवद्र्धनको संयोजकमा सहकोषाध्यक्ष सोम सापकोटा, सांस्कृतिक प्रवद्र्धन, भाषा र साहित्य प्रवद्र्धन सयोजकमा गोविन्द गौतम, विदेशमा नेपाली सामग्रीको प्रवद्र्धनको संयोजकमा शिव बरुवाललाई तोकिएको छ ।
यस्तै व्यापासायिक लगानी प्रवद्र्धनको अध्यक्षमा उपाध्यक्ष कुमार पन्त, वैदेशिक रोजगारी र आप्रवासी कामदारको संयोजकमा डिबी क्षेत्री, परोपकार तथा मानवीय सहयोगको अध्यक्षमा अर्का उपाध्यक्ष कुल आचार्यलाई जिम्मेवारी दिइएको छ । यस्तै नीति निर्माणको जिम्मेवारी महासचिव केसी तथा सञ्चार र छापाखानाको जिम्मेवारी प्रवक्ता भूषण घिमिरेले पाएका छन् । आर्थिक संयोजक कोषाध्यक्ष थापा, विधान संशोधन समितिको प्रमुख डा. हेमराज शर्मा, अनुशासन समितिमा डा. अम्बिका अधिकारी, विधान समितिमा डा. कुलचन्द्र गौतम, एनआरएन एकेडेमीको अध्यक्षमा डा. प्रमोद ढकाललाई नेतृत्वको जिम्मेवारी दिइएको छ ।
कार्यदलको संयोजक तोकिएसँगै कामको गाइडलाइन, समयसीमा पनि तोकिएको छ । कमिटी गठनसँगै सक्रिय भएको र आउँदो विश्व सम्मेलनसम्ममा काम सम्पन्न गर्नुपर्ने एनआरएनले जनाएको छ ।