१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति बेल्जियमले मेलमिलाप दिवस मनाउने

नेपालब्रिटेन डट कम्
८ पुष २०७४, शनिबार १२:३१

ब्रसेल्स । ३१ डिसेम्वर २०१७ का दिन नेपाली जनसम्पर्क समिती बेल्जियमले राष्ट्रीय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । बि. सं २०३३ साल पौष १६ गते अर्थात ३० डिसेम्बर १९७६ का दिन भारत प्रवासमा रहनु भएका महामानव बि. पी कोईरालाले राष्ट्रीय एकता र मेलमिलाप को निती लिएर देश फर्कनु भएको थियो जसको आवस्यकता र औचित्यको बारेमा नेपाली काग्रेस र त्यसका भातृ संगठनहरुले हरेक बर्ष मनाउँदै आईरहेका छन।

नेपालमा बर्तमान राजनिती विकासक्रम लाई हेर्दा पनि राष्ट्रीय एकता र मेलमिलापको आवस्यकता तथा औचित्य दिन प्रतिदिन महत्वपुर्ण देखिन्छ भने नेपाली काग्रेसको मुलुकको परिस्थिति लाई हेर्दा पनि पार्टी भित्रको एकता मेलमिलाप एवं आपसी सद्दभाव हुनु र एकढिक्का बनाई पार्टीमा शुद्दिकरण ल्याउनु अपरिहार्य छ । त्यस्तै पार्टी भित्रका सानातिना आन्तरिक मनमुटाव र बिमती लाई मेट्याई सबै मिलेर पार्टी बलियो बनाउनु आजको आवस्यकता हो ।

अर्को तर्फ त्यस दिन अग्रेजी नयाँ बर्ष पनि पर्ने हुँदा निम्न मिती ३१ डिसेम्वर २०१७ मा टेस्ट अफ एशिया लुभेनमा वेलुकी छ वजे देखि कार्यक्रम सुरुहुने जनसम्पर्क समिती की अध्यक्ष सिता सापकोटाले वताउनु भयो ।राष्ट्रिय एकता तथा मेलमिलाप र अंग्रेज़ी नयाँ बर्ष २०१८ को शुभ कामना आदान प्रदान एवं खानपीन सहितको सौहार्द्दपूर्ण वातवरणमा पारिवारिक भेटघाट तथा शुभकामना आदान-प्रदानका लागी कार्यक्रम आयोजना गरिएको हुँदा नेपाली दुतावास बेल्जियमका महामहिम राजदुत, गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमका अध्यक्ष जनसंम्पर्क समितीसंग आवद्द सम्पुर्ण बेल्जियमवासी दाजुभाई तथा दिदी बहिनीहरु, संम्पुर्ण संघ-संस्थाका अध्यक्षमा गरिमामए उपस्थितीको लागी अनुरोध गरिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।