१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लालुप्रसाद यादव चारा घोटालामा दोषी ठहर, अदालतवाटै पक्राउ

नेपालब्रिटेन डट कम्
८ पुष २०७४, शनिबार १३:३७

भारत । बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको छ । राँचीस्थित सिबिआइ अदालतले यादवलाई चारा घोटालामा यादबलाई दोषी ठहर गरेको हो । अदालतले लालुसहित अन्य १५ जनालाई दोषी प्रमाणित गरेको हो । दोषी प्रमाणित भए लगत्तै उनलाई अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । लालुलाई अदालतले सजाँय भने आगामी ३ जनवरीमा सुनाउने बताइएको छ ।