१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म एउटा हलीको छोरा हुँ : ओली

नेपालब्रिटेन डट कम्
८ पुष २०७४, शनिबार १३:३९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा आफ्नो बेइमानीको ठाउँ नभएको बताएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा ओलीले भने- मेरो राजनीतिमा कहिल्यौं बेइमानी र कुनै दम्भ देखाएको छैन् । कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, ‘गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र ख्वाइस छैन ।’ अघि भने, ‘कतै दम्भ देखाउनु छैन । न दम्भ देखाउने न कुलघरानाको हुँ । हलीको छोरा हुँ, आफैं गोठालो हुँ ।’भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताए ।