१३ बैशाख २०८१, बिहीबार
Follow Us

वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटालाई क्यान्सर भएको पुष्टि (भिडियो)

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ००:५७

लन्डन । पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटालाई क्यान्सर भएको पुष्टि भएको छ । लण्डनस्थित एक अस्पतालमा भर्ना भएका डा. देवकोटालाई क्यान्सर रोग लागेको डा भोला रिजालले वताएका छन। यसअघि नेपाली नेपाली दूतावास लण्डनले नियमित उपचारको क्रममा उनी अकस्मात विरामी परे पछि अस्पताल भर्ना गरिएको जनाएको थियो । देवकोटाको लण्डनको लकिंग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार भइरहेको छ।

रिजालले देवकोटोको विषम परिस्थिती रहेको वताउँदै देशबासीहरुलाई उनको स्वास्थ्य लाभको लागि आआफ्नो ठाउँमा बसेर भगवानसंग प्रार्थना गर्न समेत आग्रह गरेका छन् । रिजालले कुनै पनि उपाएबाट उनलाई बचाउनु पर्ने भन्दै काठमाण्डौंमा उनको स्वास्थ्य लाभको लागि दीप प्रज्वलन गरिने जनाए ।

दूतावासका अनुसार देवकोटालाई भेट्न वेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी समेत अस्पताल पुगेका थिए।
देवकोटाको अवस्था गम्भीर भन्दै केही अनलाइन मिडियाले समाज प्रकाशन गरेपछि सामाजिक सञ्जाल प्रयोगककर्ताले समेत उनको स्वास्थ्य अवस्थाप्रति चिन्ना व्यक्त गर्दै आएका थिए।