११ बैशाख २०८१, मंगलवार
Follow Us

चिनियाँ अधिकारीले मागे नेपालसँग नाका सुरक्षा योजना

sarusaru
९ पुष २०७४, आईतवार ०३:२०

चिनियाँ अधिकारीले नेपालसँग ३२ महिनादेखि बन्द तातोपानी नाकाको संयुक्त सुरक्षा योजना माग गरेका छन्।

दुवै मुलुकका सीमा अधिकारीबीच तिब्बतको खासामा शनिबार भएको बैठकमा चिनियाँ पक्षले सूचना आदानप्रदान र सुरक्षासम्बन्धी योजना मागेको हो ।

तातोपानी नाका खोल्ने विषय केन्द्रीय सरकारले निर्माण गर्ने जानकारी दिँदै उनीहरुले सीमा सुरक्षाको खाकामा जोड दिएको बैठकमा सहभागी एक नेपाली अधिकारीले बताए । बैठकमा सहभागी नेपाली टोलीका प्रमुख तथा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार चिनियाँ अधिकारीले ‘ज्वाइन्ट कमान्ड मेकानिजम एग्रिमेन्ट’ प्रसताव राखेका थिए ।

प्रजिअ तामाङको टोलीले यस्तो खाका र संयुक्त सुरक्षा खाकाको स्वीकृति गृह मन्त्रालयबाट मात्र पाउन सकिने जनाउ दिएका थिए । नाकाबाट आउजाउ पूर्ण रुपमा बन्द भए पनि सुरक्षाको विषय भने सधै प्राथमिकतामा पर्दै आएको छ । छलफलमा चिनियाँ पक्षबाट पोलिटिकल कमिसार कर्णेल वाङ जिन ट्यांग ग्वीको नेतृत्वमा ८ जनाको टोली सहभागी थियो।

-कान्तिपुर दैनिक