१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपतिले तराई केन्द्रित दलसँग परामर्श गर्ने

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ०६:२२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा अध्यादेशको विषयमा तराई केन्द्रित दलसँग परामर्श गर्ने भएकी छिन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राष्ट्रिय पार्टी बनेका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेतासँग राष्ट्रपतिले परामर्श गर्न लागेकी हुन । सो क्रममा आज राष्ट्रपतिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले अहिलेकै अवस्थामा अध्यादेश जारी हुनुपर्ने धारणा राख्दै आएका छन् ।
राष्ट्रपतिले एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग यसअघि नै छलफल गरिसकेकी छिन । दलबीच विवाद अन्त्य भएर समझदारी कायम हुँदै निष्कर्ष निस्कियोस भनेर राष्ट्रपतिले परामर्श लिन लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सरकारले राष्ट्रपति कार्यालयमा पेश गरेको दुई महिना भन्दा बढी भएपनि राष्ट्रपतिले अझै अध्यादेश प्रमाणीकरण गरेकी छैनन् ।