६ चैत्र २०८०, मंगलवार
Follow Us

कालिकोटमा कफ्र्यु पुनः शुरु

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ०६:२४

कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रजिअ बद्रीनाथ गैरेका अनुसार बिहान १० बजेसम्म अवस्था हेरी स्थगित कफ्र्यु स्थिति नियन्त्रणमा नआउने अवस्था भएपछि पुनः अर्काे सूचना नहुँदासम्मका लागि थप गरिएको बताउनुभयो । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच छलफल हुँदैछ ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नाका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कफ्र्यु लगाइएको थियो ।
आन्दोलनकारीले शनिबार राति कफ्र्यु जारी भएका अवस्थामा सशस्त्र प्रहरी गण रहेको भवनमा आगजनी गरेका छन् । त्यहाँ सशस्त्र प्रहरी जुम्लाबाट बोलाइएको छ ।