१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश

sarusaru
९ पुष २०७४, आईतवार ०७:१८

पर्सा । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ ।

क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिए ।

उनले असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरेको आरोप क्षेत्रीय समितिको आरोप छ ।

क्षेत्रीय समितिको बैठकले पूर्वजिल्ला सभापति जनार्दनसिंह क्षेत्रीसहित १२ जनालाई समेत कारबाहीको सिफारिस गरेको छ । समितिले क्षेत्रीलगायतलाई १५ वर्षसम्म पार्टीको साधारण सदस्यबाट हटाउने गरी पार्टी केन्द्रीय कार्यालयलाई सिफारिश गरेको हो ।
– अनलाइन खबरबाट ।