७ बैशाख २०८१, शुक्रबार
Follow Us

मृत्यु भएका म्यादी प्रहरीलाई २५ लाख

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ०८:५४

काठमाडौं । प्रहरीको गोली लागि मृत्यु भएका म्यादी प्रहरी विवेक ऐडीको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिईने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हिजो शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई १० लाख रुपैयाँ दिने र घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले घटनामा परी घाइते हुनेहरूको निःशुल्क उपचार गराउने निर्णय पनि गरेको छ । विनाविभागिय मन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो । बाकी १५ लाख म्यादी प्रहरी हुँदा गरिएको बिमाबाट दिइने छ ।