१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेस घाटमा पुगेको छैन; विश्वप्रकाश

sarusaru
९ पुष २०७४, आईतवार १०:५९

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कांग्रेस घाटमा नपुगेको तर, थला मात्र परेको बताएका छन् ।

आइतबार कांग्रेस बुटवल नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा शर्माले भने, ‘कांग्रेसलाई राष्ट्रव्यापी रुपमा बलियो बनाउन सही ‘ट्रिटमेन्ट’ जरुरी छ ।’

अब गम्भीर आत्मसमीक्षा नगरी अघि बढेमा कांग्रेस इतिहासका पुस्तकमा खोज्नुपर्ने अवस्थामा पुग्ने समेत उनले बताए ।

कांग्रेसका युवा नेता शर्माले पार्टीको कपालको रौंदेखि खुट्टाको बुढी औंलासम्ममा कमजोरी रहेकोले राष्ट्रव्यापी रूपमा कांग्रेस बदल्न आवश्यक रहेको औंल्याए ।

शर्माले पार्टीमा आमूल परिवर्तन जरूरी रहेको भन्दै पार्टी विस्तार नभई व्यवस्थापन आवश्यक रहेको तर्क राखे ।

उनले चुनाव हार्दैमा पार्टी नसकिने भन्दै अब फुटबल हारेको टीमजस्तो चुनाव हारेर कांग्रेस नबस्ने उल्लेख समेत गरे ।
कांग्रेसको रूखलाई जरामा पानी हाल्नुपर्ने बेला आएको उनको निष्कर्ष छ ।

कांग्रेसको चुनावी परिणामबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले वाम गठबन्धनलाई पनि चुनावी नतिजामा बढी नहोसिन आग्रह गरेका छन् ।

– अनलाइन खबरबाट ।