१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चीनका १३ हजार अवैध वेभसाइट बन्द

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ११:३८

बेईजिङ । चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिनुभएको हो ।
यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उहाँले बताउनुभयो । इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ ।
“यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भन्नुभयो । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ । सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ ।