६ बैशाख २०८१, बिहीबार
Follow Us

गजल प्रतिभा पुरस्कारका लागि रु एक लाख सहयोग

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ११:४३

पोखरा । गजल प्रतिभा पुरस्कार वितरणका लागि अक्षयकोष स्थापना गर्न रु एक लाख सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाली संघ युकेका संयोजक लालबहादुर गुरुङले आफ्ना स्व पिता बेलबहादुर गुरुङको स्मृतिमा रु एक लाख १११ सहयोग प्रदान गर्नुभएको हो ।
लालबहादुरका तर्फबाट गजल सन्ध्याका पूर्व अध्यक्ष उदीपराज ढुंगानाले संस्थाका अध्यक्ष अमृत सुवेदीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । गजल साहित्य सिर्जनामा हौसला प्रदान गर्न अक्षयकोष स्थापनार्थ उक्त सहयोग प्रदान गरेको दाता लालबहादुरले बताउनुभएको छ । गजल सन्ध्या पोखराले प्रत्येक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन कार्यक्रम सञ्चालन गर्दैआएको छ ।