६ बैशाख २०८१, बिहीबार
Follow Us

एभरेष्ट ल सोलिसिटर्सले मनायो छैठौं वार्षिकोत्सव

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार २३:१९

लन्डन । लन्डनस्थित एभरेष्ट ल सोलिसिटर्स फर्मको छैठौं वार्षिकोत्सव शुक्रबार सांझ एक कार्यक्रमबीच मनाइएको छ । अल्पर्टनस्थित क्ले ओभनमा क्रिसमस डिनरसहित आयोजित कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले सांसद बीरेन्द्र शर्मा, लेबरका इलिङ डेपुटी लिडर रन्जित धीर, इलिङ पूर्व मेयर हरबजन कौर लगायत अन्य विशिष्ठ अतिथीहरुको स्वागत गरेका थिए ।
कार्यक्रमका अवसरमा सांसद शर्माले ल फर्मका तर्फबाट कर्मचारी, नेपाली समुदायमा योगदान गर्ने व्यक्तित्व अनि मिडियाकर्मीहरुलाई प्रशंसापत्र प्रदान गरे ।

सोलिसिटर थापाले आफ्नो फर्म नेपाली समुदायको हित र कानुनी सेवामा निरन्तर लागिरहने प्रण गरे । सन् २०११, डिसेम्बरमा स्थापित एभरेष्ट ल बेलायत र युरोपमै पहिलो नेपाली ल फर्म भएको जनाउंदै थापाले सन् २०१५ मा बेलायत सरकारको नयां नीतिपछि विशेष गरि भूपू गोर्खा मुद्दामा फर्मले उच्च सफलता प्राप्त गरेको बताए ।

उक्त फर्मले अध्यागमन, फेमिली ल, कमर्सियल कन्भियन्सिङ, वील्स एण्ड प्रोबेट लगायत क्षेत्रमा कानुनी सेवा र बेला बखत समुदायमा निशुल्क कानुनी परामर्श उपलब्ध गराइरहेको छ ।
कार्यक्रममा ब्यारिस्टरहरु सराज अहमद, राफेल जेसुरम, क्लिन म्याककार्थी, सोलिसिटरहरु, गोर्खा अभियन्ता, मिडियाकर्मी लगायतको सहभागिता थियो ।