८ बैशाख २०८१, शनिबार
Follow Us

एनसीआईले बेल्जियममा शाखा खोल्ने

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७३, सोमबार ०६:०२

लन्डन । एनसीआई यूकेले आफ्नो नयाँ शाखा बेल्जियममा खोल्ने तयारी गरेको छ । अध्यक्ष मोहन गुरुङको नेतृत्वमा बेल्जियम पुगेको टोलीले नयाँ शाखाको लागि छलफल चलाएको हो ।
हिजो आइवार सम्पन्न छलफलमा सहभागीहरु संस्थाको नयाँ शाखा खोल्न उत्साहित भएका थिए । भेलामा बेल्जियमका एनआरएन पूर्वअध्यक्ष युवराज गुरुङ, आइसीसी सदस्य जानकी गुरुङ र बर्तमान उपाध्यक्ष पदम गुरुङले एनसीआई युकेको बिषयमा विशेष जानकारी लिएका थिए ।
एनसीआईकै नाम र अवधारणामा यूकेसँग सहकार्य गर्दै कर्मभूमीदेखि जन्मभूमिसम्म लगानी गर्ने हेतुले खोल्न लागिएको एनसीआई बेल्जियम स्थापनार्थ यथासक्य चाडो सबैसँग सल्लाह गरी अघि बढ्न बेल्जियम तयार रहेको बैठकमा प्रतिबद्धता जाहेर गरे ।
सो अबसरमा गोल्डेन एभरेष्ट समूहको पारियोजना बिस्तारबारे पनि उत्साहजनक रूपमा छलफल भएको आईसीसी सदस्य गुरुङले बताइन् । यूकेबाट गोल्डेन एभरेष्ट ग्रुपका अध्यक्ष तथा नेपाल ब्रिटेन डट कमका निर्देशक कमल भण्डारी, एलएन पाण्डे र ललित न्यौपाने सहभागी हुनुहुन्थ्यो ।