८ बैशाख २०८१, शनिबार
Follow Us

मलेसियामा अलपत्र दुई जना नेपालीलाई गैर आवासिय नेपाली संघको सहयोग

नेपालब्रिटेन डट कम्
१० पुष २०७४, सोमबार ०५:५४

क्वालालम्पुर । मलेसियमा अलपत्र परेका दुई नेपालीलाई गैर आवासिय नेपाली संघ मलेसियाले नेपाल फर्काउन सहयोग गरेको छ।

रोजगारीको सिलसिलामा मलेसियामा आएका बोहरागाउँ ३ बागलुङका यम बहादुर बुढा र सिरहा जिल्ला लहान घर भएका किशुन देव महतोलाई हवाइ टिकट उपलब्ध गराएर सहयोग गरेको हो। बागलुङका बुढा मलेसियामा विरामी भएर अस्पतालमा अलपत्र थिए भने महतोले जेल जीवन विताइ रहेका थिए।

केही समय अगाडिदेखि विरामि परेका वुढालाई नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, नेपाल मगर संघको पहलमा अस्पतालमा लागेको खर्च आरएम ६००० रिंगेट रकममा सहयोग गरेको थियो। विरामी रहेका वुढा शनिवार दिउँसो नेपाल फर्कदै छन। बुढालाई ट्रार्भल डकुमेण्ट दुतावास र स्पेशल पासको लागि एचएन कम्पनीले सहयोग गरेको थियो।

यसैगरी करीव पन्ध्र महिनादेखि जेल जीवन महतोले जेल परुेपछि मानसिक सन्तुलन गुमाएका थिए। यस अघि महतोलाई दुई पटक सम्म नेपाली दुतावास मलेसिया र एक पटक परिवारले हवाई टिकट उपलब्ध गराउदा पनि नेपाल फर्काउन सकिएको थिएन्। जहाजमा पुग्ना साथ होहल्ला गर्ने गरेपछि उनी तीन पटक सम्म जहाजले लैजान मानेको थिएन। बिहिबार नेपाल आइपुगेका महतोको काठमाडौँमा उपचार सुरु भएको छ।