१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौंमा डेरा खोज्दा डा. भट्टराई हैरान

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७३, सोमबार ०६:१७

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू काठमाडौंमा डेरा खोज्दा खोज्दै हैरान भएको अभिव्यक्ति सामाजिक सञ्जालमा राखेका छन् । उनले भनेका छन्, केही सातादेखि काठमाडौंमा डेरा खोज्दा व्यहोर्नुपरेको सास्ती, अपमान देख्दा गम्दैछु, विद्यार्थी, मजदुर, निम्न तहका कर्मचारी, अझ दलितको हालत के होला ।
शनिबार बाबुरामले ट्विट गरेका शब्दले अहिले बाबुराममाथि सयौंले क्षमता, दक्षता र बौद्धिकतामाथि नै प्रश्न उठाएर टिप्पणी गरेका छन् । कतिले त उनले हाँसिलक गरेको विद्यावारिधिमाथि नै आशंका गरेका छन् , उनलाई सामाजिक सञ्जालमा पछ्याउनेहरुले । पछिल्लो समय भट्टराईका सामाजिक सञ्जालमा पोष्ट गरिएका विचार र शब्दका कारण विवादित मात्रै होइन उनी स्वयम आफ्नो उचाइ घटाउनै लागि परेकि क्याहो भन्दै कतिपयले टिप्पणी गरेका छन् ।
फेसबुक र ट्विटरमा सक्रिय भट्टराई प्रायः धेरै टिप्पणी र प्रतिक्रिया समर्थन भन्दा धेरै आलोचना हुने गर्छ । मजाकमा हो या यथार्थततामा शनिबार आफ्नो ट्वीटरमा काठमाण्डौमा केही हप्तादेखि डेरा खोज्दा वेहोर्नुपरेको सास्ती र अपमान देख्दा गम्दैछु विद्यार्थी र मजदूरर निम्न कर्मचारी र झन् दलितको के हालत होला ? भनेर पोष्ट गरेपछि बाबुरामको उछित्तो काट्नेहरुको ओइरो नै लाग्यो ।
भट्टराईको ट्विट पढेपछि उनकै पेजमा श्री गणेशाय नमः ले यस्तो लेखे

‘डेराको हालत के होला ? सम्झनुस् तपाँई सरेपछि अरु सबै कोठावालाहरु निस्कन्छन् ।’ घरवेटी घाटामा।कारण यै हो।

त्यस्तै कुल रिम्सले यस्तो लेखे
‘डीयर बाबुराम जी तपाइंलाई डेरा दिन हुन्थ्यो तर बेरोजगार तपाइंले कसरी भाडा तिर्नु होला भनेर हिच्किचाएँ, न हिंजो भ्रस्टाचार गरेको धन छ न अहिले आम्दानी नै छ । अनि कसरी दिने ? अब हिसिला म्यामको पनि कमाइ छैन, कसरी भाडा तिर्नु हुन्छ प्रस्ट पार्नुहोस् डेरा पाउनुहुनेछ ।’
उही घर पट्टि

त्यस्तै अशान्त आत्मा यस्तो लेख्छन्
आफ्नै घरमा बस्दा नि हुन्छ नि, किन डेरामा बस्नु पुर्वप्रम ज्यु? कति शोषित जनताको नाउमा राजनिती गर्छौ ?

उशाफ्त यस्तो लेख्छन्
तपाईँको जस्तो मानसिक स्थिति, कृयाकलाप, संगत र विगत हुनेहरूलाई काठमाडौं मात्र होइन विश्वभर डेरा दिँदैनन् ।

आवारा यस्तो लेख्छन्
हजुरलाइ नचिन्ने को होला र काका ? आनन्दले बाँच्ने रहर कसलाई नहुँदो हो । जानीजानि सर्प पाल्न ईच्छुक कुन मूर्ख बस्या होला रसजधानीमा !

सुख्खा आँखा यस्तो लेख्छन्
काठमाडौले विद्यार्थी मजदुर निम्न कर्मचारी दलितलाई होइन झुटो आश्वासन दिने नेतालाइ घृणा
गर्छ डा साप

दामोदर गिरी यस्तो लेख्छन्
पुर्व प्रधानमन्त्रीजस्तो ब्यक्ती भएर यौटा डेरा खोज्दा यति सास्ती र अपमानित हुनुपर्ने अबस्था तपाइको इमान्दारीताको फल हो सर । नअतालिनु ।

बादल सुबेदी यस्तो लेख्छन्
मलाई हजुरको घर दिनुस् म कोठा खोजिदिन्छु !