May 26, 2020
7:41 AM | 12:26 PM

काँग्रेसलाई सुधारको खाँचो छ : नेता सिंह

  25th December 2017 मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताउनुभयो ।

“काँग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीलाई सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन्, पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु”, नेता सिंहले भन्नुभयो ।

पार्टीका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले विधानअनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताउनुभयो । “समानुपातिकमा प्राप्त मतले पनि काँग्रेसप्रतिको जनताको मोह घटेको छैन”, उहाँले भन्नुभयो ।

काँग्रेसले आफ्नो सरकारका पालामा गरेका राम्रा कामलाई प्रचारप्रसार गर्न नसक्दा कमजोर नतिजा आएको उहाँको भनाइ थियो । उहाँले विकासप्रति जनताले नेताको मुखमात्र ताक्नुभन्दा पनि नेताहरुलाई दबाब दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया