८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकामा नेपालीले भव्य मनाए क्रिसमस

sarusaru
१० पुष २०७४, सोमबार ०८:१०

अमेरिका । राजधानी वासिङ्टन नजिक अवस्थित भर्जिनियामा यूनाईटेट नेपाली फेलोसिपको आयोजनामा क्रिसमस चाड भव्य र सभ्य तरिकाले मनाईएको छ।

यही डिसेम्बर महिनाको २४ तारिखका दिन वासिङ्टनमा अवस्थित एक चर्चमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस चाड मनाईएको हो ।

कार्यक्रममा नेपाली रजतपटका प्रख्यात कलाकार सरोज खनाल, डिसीनेपालका प्रतिनिधि खेम भट्टचन लगायतका अतिथिहरुलाई विशेष स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष आशिष थापाले भगवान येशु र क्रिसमस चाडका बारेमा प्रकाश पारेका थिए भने उपाध्यक्ष रमेश मैनालीले कार्यक्रमको व्यवस्थापन गरेका थिए । संस्थाका सचिव कृष्ण श्रेष्ठको नेतृत्वमा बाधबादन व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबैले मेरी क्रिसमस भन्दै एकआपसमा सद्भाव साटासाट गरेका थिए ।

– डिसी नेपालबाट ।