८ बैशाख २०८१, शनिबार
Follow Us

वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केही नेताले राजीनामा दिने

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७३, सोमबार ०६:३४

काठमाडौं । नेपाल विद्यार्थी संघको अधिवेशनलाई लिएर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केही नेताहरुले केन्द्रीय सदस्य पदबाट राजीनामा दिने चर्चा चलाइएको छ । संस्थापन पक्ष नेविसंघ महाधिवेशन रोक्न नमानेपछि नेता पौडेललगायतका नेताहरुले राजीनामा दिने चर्चा नेविसंघ अधिवेशनमा हल्ला चलाइएको छ । यद्यपि यो कुराको आधिकारिक पुष्टि हुन सकेको छैन । अधिवेशन रोक्न पौडेल पक्षले घुर्की देखाएको देउवा पक्षका विद्यार्थी नेताहरुले बताएका छन् ।
यता, तनावका बीच पार्टी कार्यालय सानेपामा मतदान प्रकृया अघि बढाइएको छ । बिहान ८ बजेदेखि १ बजेसम्म उम्मेदवार मनोनय खुला गरिएको छ । देउवा पक्षीय एक केन्द्रीय सदस्यका उम्मेदवार गोकूल खत्रीका अनुसार अधिकांश उम्मेदवारले मनोनय पत्र बुझेका छन् । पौडेल पक्षधर भनिएका विद्यार्थी नेताहरुले अवरोध सिर्जना गर्न खोजे पनि कडा सुरक्षा व्यवस्थासहित धेरै विद्यार्थी नेताहरुले मनोनय पत्र बुझेका छन् ।
निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जारी गरेको विज्ञप्तिअनुसार यस्तो छ निर्वाचन कार्यतालिका–

१. उम्मेदवारको मनोनयन दर्ता :– २०७३ श्रावण ३१ गते विहान ८ः०० वजेदेखि दिउँसो १ः०० वजेसम्म ।
२. उम्मेदवारको पहिलो नामावली प्रकाशन :– २०७३ श्रावण ३१ गते दिउसो २ः३० बजे ।
३. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय : २०७३ श्रावण ३१ गते दिउसो २ः३० बजेदेखि ३ः०० बजेसम्म ।
४. दोस्रो उम्मेदवारको नामावली प्रकाशन : २०७३ श्रावण ३१ गते अपरान्ह
३ः३० बजे ।
५. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध : २०७३ श्रावण ३१ गते अपरान्ह ३ः३० वजेदेखि ४ः३० बजेसम्म ।
६. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन : २०७३ श्रावण ३१ गते साँझ ५ः३० बजेसम्म ।
७. उम्मेदवारीको नाम फिर्ता: २०७३ श्रावण ३१ गते साँझ ५ः३० बजेदेखि ७ः३० वजे सम्म ।
८. उम्मेदवारको अन्तिम नामावली प्रकाशन: २०७३ श्रावण ३१ गते वेलुका ९ः०० बजे ।
९. मतदान: २०७३ श्रावण ३२ गते विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।
१०. मतगणना: मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।

नोट : केही प्राविधिक कारणले गर्दा निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।

भरतप्रसाद खरेल
संयोजक