१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइते हेलिकोप्टरबाट काठमाडौंमा

नेपालब्रिटेन डट कम्
१० पुष २०७४, सोमबार १४:१६

काठमाडौं । स्याङ्जामा सोमबार भएको नेपाली कांग्रेसको समीक्षा बैठकमा कुटाकुट भएको छ । स्याङ्जाको वालिङमा बैठक चलिरहँदा अन्तर्घात भएको भन्ने विवाद चुलिएर हात हालाहाल हुँदा ३ जाना घाइते भएका छन् ।
स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए ।
कांग्रेसको समीक्षा बैठकमा सभापति शेरबहादुर देउवा निकट रहेका श्रेष्ठ पक्षले अर्को पक्षलाई निर्वाचनमा सहयोग नगेरेको आरोप लगाएपछि चर्किएको विवाद हात हालाहालसम्म पुगेको थियो।
घाइते भेशराज अर्याल, कमल ढकाल र सुशील कफ्लेमध्ये अर्याल र ढकाललाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । जिल्लामा कांग्रेसको चुनावी नतिजा राम्रो हुन नसकेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो ।