१५ चैत्र २०८०, बिहीबार
Follow Us

मैतीदेवीमा बस पल्टिँदा १७ घाइते , चार गम्भीर

sarusaru
११ पुष २०७४, मंगलवार ०२:५३

काठमाडौं । काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुलाई उपचारको लागि नर्भिक र ट्रमा सेन्टर पठाइएको छ ।

सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मंगलबार बिहान सवा ३ बजे बिजुलको पोलमा ठोक्किएर सडकमै पल्टिएको छ ।बस राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै रहेको बिजुलीको जोर खम्बामा ठोक्किएको थियो ।

बाटो फराकिलो पारे पनि बिजुलीका पोल भने नसारिँदा यातायातलाई समेत जोखिम बढाएको छ ।