८ बैशाख २०८१, शनिबार
Follow Us

के थियो उपेन्द्रलाई ओलीको प्रस्ताव ?

sarusaru
११ पुष २०७४, मंगलवार ०३:०२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक हुने क्रमसँगै सरकार गठनको जोडघटाउ आरम्भ भएको छ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले स्पष्ट बहुमत पाएपछि सरकार उसैले गठन गर्ने प्रायः निश्चित छ। तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मधेसबाट बोलाएर सोमबार छलफल गरेका छन्।

नेकपा (एमाले) र नेकपा (मााअ‍ेवादी केन्द्र)बीच वाम गठबन्धनले निर्वाचनमा तालमेल मात्र होइन, संयुक्त घोषणापत्र लिएर चुनावमा होमिएर सफलता पनि प्राप्त गरिसकेका छन्। चुनावपछि पार्टी एकता गर्ने सहमतिले निर्वाचनमा ठूलो ऊर्जा प्राप्त भएको जनमतले देखाइसकेको छ। तर, सरकार निर्माणका क्रममा रहेका नेकपा (एमाले)का अध्यक्ष ओलीले माओवादी केन्द्रबाहेक मधेसवादी दलसँग मिलेर पनि सरकार बनाउने उद्देश्यले गत शुक्रबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको यादव निकट एक नेताको दाबी छ।

“सरकार निर्माणका लागि सहयोग गर्न फोरम नेपालका अध्यक्ष यादवलाई ओलीले आग्रह गर्नुभएको हो”, ती नेताले भने। छलफलमा यादवले संविधान संशोधनलगायत मधेसका अन्य कार्यसूचीको विषयमा एमालेले आफ्नो दृष्टिकोण स्पष्ट पारे मात्र सरकारको बारेमा सोच्न सकिने धारणा राखेका थिए।

यस विषयमा अध्यक्ष यादवसँग जिज्ञासा राख्दा उनले एमालेका अध्यक्ष ओलीसँग भेटघाट भए पनि सरकार गठनको विषयमा छलफल नभएको बताए ।

– गोरखापत्र दैनिकबाट ।