१५ बैशाख २०८१, शनिबार
Follow Us

बुबाले आमाको हत्या गरेपछि छोराछोरीे बिचल्लीमा

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७३, सोमबार ०६:३६

बैतडी । घरायसी विवादमा बुबाले आमाकोे हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरीे बिचल्लीमा परेका छन् । बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आपm्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरेका हुन भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयोे ।
आइतबार दिउँसो श्रीमान्श्रीमतीबीच एकापसमा सामान्य विवाद हुँदा कमलले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ ।
श्रीमतीलाई बन्चरोको प्रहार र लौरोले हिर्काएर हत्या गरेको र श्रीमान्ले घरभित्र झुन्डिएर आत्महत्या गरेका हुन् ।
भारतमा रोजगारी गर्दै आइरहेका कमल २५ दिन अगाडि मात्रै घर फर्केका थिए ।
घटनाको विषयमा अनुसन्धान गर्न गएका प्रहरी निरीक्षक सुरेन्द्र बमले भन्नुभयो “कमल साइको रहेछन् भन्ने बुझिएको छ, सामान्य विवादपछि रिसको झोकमा श्रीमतीको हत्या गरी आत्महत्या गरेको भन्ने पारिवारिक स्रोतको भनाइ रहेको छ ।”

श्रीमान् भारतमा मजदुरी गर्न गएको बेला घरमा रहेकी श्रीमतीमाथि अरु केही शङ्का गरेर पनि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

कमल र बिन्दुको मृत्युपश्चात् तीन छोराछोरीको बिचल्ली भएको छ । चार वर्षमुनिका एक छोरी र दुई छोरा रहेका छन् । छोराछोरी र आमाबुबाको रुवाबासी चलेको छ ।

मृतक दुवैको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र आज परीक्षणपश्चात् थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।