April 1, 2020

आगलागीमा रु ४० लाखको क्षति

  26th December 2017 मा प्रकाशित

इलाम । इलामको देउमाई नगरपालिका–६ फुटुकस्थित एक घरमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय तिलकसिंह साउदेनको घरमा विद्युत् सर्ट भई सोमबार आगलागी हुँदा रु ३९ लाख ६० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।
घरमा कोही नभएको अवस्थामा भएको आगलागीबाट साउदेनको टिनको छानो भएको दुईतले घर र पसलसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया