१६ चैत्र २०८०, शुक्रबार
Follow Us

उत्कृष्ट युवा पुरस्कार मरहठ्ठालाइ

नेपालब्रिटेन डट कम
११ पुष २०७४, मंगलवार ०६:१७

भैरहवा, पौष ९ ।

नेपाली टेलिभिजन पत्रकारितामा लामो योगदान दिएका पत्रकार किरण मरहठ्ठालाइ यो बर्षको उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको छ । पत्रकार किरण मरहठ्ठालाइ नेपाल जेसीजले भैरहवामा चालु चोवालीसौँ राष्ट्रिय सम्मेलनको अवसरमा यो पुरस्कार प्रदान गरिएको हो । नेपाल जेसीजले पत्रकारिताको क्षेत्रमा उत्कृष्ट योगदान दिएका एकजना पत्रकारलाइ हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।
जेसीजले उत्कृष्ट युवा पुरस्कारको विजयी छनोटको लागी जेसी लालमणि पन्तको संयोजकत्वमा उत्कृष्ट युवा पुरस्कार छनोट समिति गठन गरेको थियो । बरिष्ठ पत्रकारहरु समेत सम्मिलित सो समितिले टेलिभिजन कार्यक्रम निर्माण तथा प्रस्तुतिकरण र रिपोटिगंमा मार्फत उनले दिएको उत्कृष्ट योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
एबिसि टेलिभिजनमा आवद्ध मरहठ्ठा प्रतिष्ठत टेलीभिजन टक सो होस्ट हुन्् भने उनको अन्तर्वाता कला सम्बन्धी द होप नामक पुस्तक समेत प्रकाशित छ । एबिसि टेलिभिजनमा उनले संचालन गरेको कार्यक्रमहरु एबिसि वाच, क्रसचेक र नागरिक संवाद अत्याधिक सफल कार्यक्रमहरु हुन्् । उनि द हफ पोष्टका नियमित लेखक हुन्् भने नेपाल ब्रिटेन डटकमका समाचार संयोजकका रुपमा पनि क्रियाशिल छन्् । बहुमुखि प्रतिभाका धनि मरहट्टाले मेसि द म्यान एट बार्सा, लिडिगं लायन टु एक्सेल जस्ता बहुचर्चित डकुमेन्ट्रि निर्देशन गरेका छन्् ।
बुटवल एफ. एमबाट पत्रकारिता आरम्भ गरेका उनले नेपाल टेलिभिजन, रिपब्लिका मासिक, पारदर्शी खबर र गोरखा एफ.एममा काम गरिसकेका छन्् ।
नेपालको प्रतिष्ठत मानिने यो पुरस्कार गतबर्ष कान्तिपुर दैनिकका पत्रकार विमल खतिवडालाइ प्रदान गरिएको थियो । मरहठ्ठा अमेरिका रहेको कारण उनका आफन्तले सो पुरस्कार ग्रहण गरेका थिए ।