१२ बैशाख २०८१, बुधबार
Follow Us

पार्टी एकताबारे छलफल गर्न दाहाल र ओली एक ठाउँमा

नेपालब्रिटेन डट कम्
११ पुष २०७४, मंगलवार ०९:०६

काठमाडौं । पार्टी एकता लगायतका विषयमा नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले आज छलफल गर्दैछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनवाट काठमाडौं फर्के लगत्तै अपरान्ह एमाले अध्यक्ष ओलीसँग भेटवार्ता हुन लागेको हो । वैठकमा बाम एकता, राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । पार्टी एकता गर्ने गरि निर्वाचनमा तालमेल गरेपनि पछिल्लो समय दुवै पार्टीका नेताहरुहरु बीच सरकार गठन बारे फरक फरक अभिव्यक्ति आइरहेको सन्दर्भमा आजको भेटवार्ता हुन लागेको हो । भेटमा पार्टी एकता संयोजन समितिको बैठक रोकिएको विषयमा पनि छलफल हुनेछ ।