१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हेडक्वाटरमा आगो लगाउने हवल्दार पक्राउ

नेपालब्रिटेन डट कम्
११ पुष २०७४, मंगलवार ०९:०९

काठमाडौं । सशस्त्र प्रहरीको मुख्यालयमा आगो लगाएको आरोपमा प्रहरीले सशस्त्र प्रहरीकै हवल्दारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठ रहेका छन् । अनुसन्धानको क्रममा श्रेष्ठ दोषि देखिएपछि काठमाडौ प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएको हो । गत मंगलबार सशस्त्रको खेल मैदानसँगै रहेको प्याराफिट भवनमा रहेको कोठामा राति करिब १ बजेतिर आगो लाग्दा महत्वपुर्ण कागजात जलेर नष्ट भएका थिए । घटनाको छानविन गर्न गृह मन्त्रालय र सशस्त्र प्रहरी दुबैले छानविन समिति वनाएका थिए । आगलागीवाट २० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो ।