१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज साँझ राष्ट्रपतिले राजपा नेतालाई भेट्ने

नेपालब्रिटेन डट कम्
११ पुष २०७४, मंगलवार ०९:११

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा अध्यादेशको विषयमा आज राष्ट्रिय जनता पार्टीका नेतासँग परामर्श गर्ने भएकी छिन । राष्ट्रपति भण्डारीले राजपा नेताहरुसँग छलफलका लागि आज साँझ पाँच बजे शितल निवास बोलाएकी छिन् । एमाले, कांग्रेस माओवादी र संघीय समाजवादी फोरम नेपालसँग परामर्शपछि आज राजपासँग राष्ट्रपतिले परामर्श गर्न लागेकी हुन । राजपा नेपालले अहिलेकै अवस्थामा अध्यादेश जारी हुनुपर्ने धारणा राख्दै आएको छ । राष्ट्रपतिले एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग यसअघि नै छलफल गरिसकेकी छिन । अध्यादेशका बिषयमा दलहरुबीच समझदारी कायम हुँदै निष्कर्ष निस्कियोस भनेर राष्ट्रपतिले परामर्श लिन लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सरकारले राष्ट्रपति कार्यालयमा पेश गरेको दुई महिना भन्दा बढी भए पनि राष्ट्रपतिले अझै अध्यादेश प्रमाणीकरण गरेकी छैनन् ।