१५ चैत्र २०८०, बिहीबार
Follow Us

टुकी क्लवमा नयाँ नेतृत्व

नेपालब्रिटेन डट कम्
११ पुष २०७४, मंगलवार १३:२०

भानु घिमिरे । लेष्टर – बेलायतको लेष्टर शहरमा रहेको टुकी नेपलिज युथ क्लवमा नयाँ कार्यसमिति चयन भएको छ । साउन तेस्रो हप्ता द न्यू रोडइनमा बसेको बैठकले टिकाराम सापकोटाको नेतृत्वमा १९ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।

यसअघि क्लबको अध्यक्षमा रामप्रसाद सापकोटा रहेका थिए । सापकोटाको कार्याकाल पुरा भएकाले नयाँ कार्यसमितिको अध्यक्षमा निर्बिरोध रुपमा क्लवका संस्थापक सदस्य समेत रहेका टिकाराम सापकोटा चयन भएको क्लवका संरक्षक कमल खरेलले बताए ।

नयाँ कार्यसमितिमा संस्थापक सदस्यमा भानुभक्त घिमिरे, अध्यक्ष सापकोटा, उपाध्यक्ष त्रय बलराम चौलागाईं, रमेश घर्तिमगर र चन्दा लामा, सचिव शिव पराजुली, सह–सचिवदद्वय दिनेश खरेल र सोनिया सापकोटा र कोषाध्यक्षद्वय दशरथ खरेल र काशिराम घिमिरे रहेका छन् ।

सदस्यहरूमा बाबुराम भणडरी, शशिधर सापकोटा, दावा लामा, जीवन पुडासैनी, अञ्जन सापकोटा, मधु गौतम, गुणराज घिमिरे र जीवन भट्टराई रहेका छन् । त्यसैगरी, संरक्षकमा खरेल सहित अर्जुन कंडेल र रामप्रसाद सापकोटा रहेका छन् ।
नयाँ कार्य समितिले क्लवको हितका लागि निःस्वार्थ काम गर्ने प्रतिबद्धता जायर गरेका छन् ।