८ बैशाख २०८१, शनिबार
Follow Us

महिला प्रहरीलाई बाल अधिकार विषयक २ दिने तालिम

sarusaru
१२ पुष २०७४, बुधबार ०२:४७

बाग्लुङ –धौलागिरीका ३ जिल्लाका महिला प्रहरीको लागी बाल अधिकार विषयक २ दिने तालिम बागलुङमा सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशन बागलुङ र संघिय प्रहरी इकाई कार्यलय बागलुङको सहकार्यमा तालिम सम्पन्न भएको थियो ।
समावेशी शिक्षा प्रवद्र्धन परियोजना अन्र्तगत आयोति तालिममा बागलुङ,पर्वत र म्याग्दीका २४ जना महिला प्रहरीको सहभागिता रहेको थियो ।
वालअधिकारका घटना न्युनिकरण गर्ने उदेश्यले तालिम आयोजना गरिएको हो । तालिममा संघिय प्रहरी इकाई कार्यलय बागलुङक प्रहरी नायव निरिक्षक दिलवहादुर रेग्मी र प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद शर्माले वाल न्याय,वालअधिकर ,संविधान, वालवालिको अधिकार लगाएतको विषयमा सहजिकरण गर्नु भएको गाजा डेभलपमेण्ट फाउण्डेशनका फिल्ड सुपरभाईजर हरिमाया घर्ति मगरले जानकारी दिनु भयो ।