८ बैशाख २०८१, शनिबार
Follow Us

बाग्लुङ महोत्सवमा महिला भलिबललाई प्राथमिकता

sarusaru
१२ पुष २०७४, बुधबार ०३:०५

पुस १४ गतेदेखि २३ गतेसम्म बागलुङमा हुन लागेको पाँचौं बागलुङ महोत्सवमा खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
बागलुङमा भलिबल खेल धेरै हुने गरेता पनि महिला भलिबल भने कमै मात्रमा हुने गरेका छन् ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा लिइएको खुल्ला महिला तथा पुरुष भलिबलमा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
भलिबल उपसमितिका सदस्य सन्दिप पन्तले प्रतियोगितामा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेका खेलाडीहरुको सहभागिता रहने बताउनुभयो ।
महिला भलिबलमा अहिले देशकै चर्चित टिमहरु न्यू डायमण्ड क्लब, नेपाल आर्मि, पुलिस लगायतका टिमहरुलाई प्रतियोगितामा भाग लिनको लागि आग्रह गरिएको र आउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ ।
महिला भलिबलमा ८ टिम र पुरुष भलिबलमा १२ टिमसम्म हुन सक्ने आयोजकले जानकारी गरायो ।
महिला भलिबलको पुरस्कार ;प्रथमले ७४ हजार ४ सय ४४, द्धितियले ३० हजार ५ सय ५५ र तृतीय टिमले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।
यस्तै पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने द्धितियले ५५ हजार ५ सय ५५ र तृतीयले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।
– धौलागिरी खबरबाट ।