७ बैशाख २०८१, शुक्रबार
Follow Us

कबड्डी र झोलेको सिक्वेल फरक छ; दयाहाङ

sarusaru
१२ पुष २०७४, बुधबार ०३:१२

मंगलवार फिल्म ‘मिस्टर झोले’को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा नायक दयाहाङले ‘झोले’को सिक्वेल ‘मिस्टर झोले’ नभएको बताए । उनले भने, ‘‘मिस्टर झोले’, ‘झोले’भन्दा विल्कुलै फरक छ । तर, बजारमा ‘मिस्टर झोले’, ‘कबड्डी’को तेस्रो सिक्वेल भन्ने जसरी चर्चा चलेको छ त्यो विल्कुलै गलत हो । हो, यस फिल्ममा प्रायः ‘कबड्डी’को नै टीम छ । त्यसैले पनि कतै ‘मिस्टर झोले’, ‘कबड्डी’को सिक्वेल त होइन भन्ने लाग्न सक्छ । बाहिरको रंग उस्तै लागेपनि ‘मिस्टर झोले’को प्रस्तुती र कथा फरक छ ।’ उनी फिल्मलाई दर्शकले रुचाउनेमा ढुक्क देखिन्छन् ।

‘मिस्टर झोले’को बक्स अफिस कलेक्सनले तपाईको फिल्मी करिअरलाई चाहीँ कति अर्थ राख्छ ? भन्ने पत्रकारको प्रश्नमा दयाहाङ अगाडि भन्छन्, ‘म कहिले पनि बक्स अफिसमा फिल्म सफल हुनु पर्छ भनेर काम गर्दिन । सधै दर्शकलाई एउटा राम्रो प्रोडक्ट दिनुपर्छ भन्ने मलाई लाग्छ । बक्स अफिसमा फिल्म हिट भयो भने त्यसले निर्मातासँगै मलाई पनि ठूलो राहत त दिन्छ तर कलाकारका लागि फिल्म हिट हुनु वा नहुनुले खासै ठूलो अर्थ राख्छ जस्तो चाहीँ मलाई लाग्दैन ।’

– फिल्मी खबरबाट ।