१३ बैशाख २०८१, बिहीबार
Follow Us

ओली–दाहालको मौनताले गम्भीर कुराको संकेत, आज भेट

नेपालब्रिटेन डट कम्
१२ पुष २०७४, बुधबार ०७:३२

काठमाडौं । राजनीतिक गतिरोध अन्त्य गर्दै सरकार निर्माण प्रक्रियालाई तिव्रता दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुने भएको छ । ओली र दाहालबीच हिजै छलफल हुने भनिए पनि दुवै नेताको व्यस्तताका कारण हुन सकेको थिएन । तर आज दुई नेताबीच छलफलको तयारी भइरहेको बताइएको छ ।
दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल हुने छ ।
त्यसैगरी राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा पनि छलफल गरी एउटा निष्कर्षमा पुग्ने सम्भावना रहेको बताइएको छ । यता, अध्यक्ष ओली र दाहालबीच पदको बाँडफाँटका विषयमा देखिएको चिसोपना अन्त्यका लागि युवा नेताहरुले दबाब अभियान सुरु थालेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो र तेस्रो तहका नेताहरुले दुवै नेताको मौनताले गम्भीर कुराको संकेत गरेको भन्दै वार्तामा बस्न र एकता प्रक्रियाबाट तलमाथि हुन नदिन सक्रियता बढाएका हुन् ।