१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘नयाँ सरकार निर्माणमा देउवा बाधक’

नेपालब्रिटेन डट कम्
१२ पुष २०७४, बुधबार ०७:३५

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको आरोप लगाएका छन् । नेता नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न सुझाव दिए ।
काठमाडौंमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा हार ब्यहोर्दासमेत प्रधानमन्त्री देउवाले राजीनामा नदिएकोमा आपत्ति जनाए । सरकार गठनमा बाम गठबन्धनभित्र कुनै विवाद नरहेको दावी पनि उनले गरे । झण्डै दुई तिहाई बहुमत ल्याएको बाम गठबन्धनले नै नयाँ सरकार बनाउने उनको भनाई थियो । सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकता सँगसँगै अघि बढ्ने जानकारी उनले दिए ।