७ बैशाख २०८१, शुक्रबार
Follow Us

फोटो पत्रकार समुह बागलुङ शाखाको अध्यक्षमा शाक्य

sarusaru
१३ पुष २०७४, बिहीबार ०३:५६

बागलुङ- राष्ट्रिय फोटो पत्रकार समुह बागलुङ शाखाको अध्यक्षमा मञ्जुल शाक्य चयन हुनु भएको छ । राष्ट्रिय फोटो पत्रकार समुह बागलुङ शाखाको मंगलवार सम्पन्न दोस्रो साधारणसभा तथा जिल्ला शाखा अधिवेसनले शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समुहको उपाध्यक्षमा कोपिला कँडेल, सचिवमा प्रदिप पन्त, सहसचिवमा बिक्रम सुनार र कोषाध्यक्षमा सिर्जना पन्त चयन हुनु भएको छ । सदस्यमा प्रकाश वराल, रामनारायण सुवेदी, सुवास आचार्य, भुवन कँडेल, नारायण रिजाल र हरि शर्मा रहनुभएको छ । केन्द्रिय प्रतिनिधीमा किरण आचार्य र सुवास पन्तलाई चयन गरिएको छ ।
साधारणसभा तथा अधिवेसनको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले जिल्लाको पर्यटन लगाएतका बिकासका लागि बिश्वसनीय माध्यमको रुपमा रहेको फोटो पत्रकारितालाई व्यवसायी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारहरुको समग्र हक हितका लागि नेपाल पत्रकार महासंघ सदैव तत्पर र साथमा रहेको बताउनुभयो ।
कार्यक्रममा समुहका महासचिव मञ्जुल शाक्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा पत्रकार महासंघ बागलुङको हामी सवैको रहर, पत्रकार महासंघको घर अभियानका लागि समुहको तर्फवाट अध्यक्ष किरण आचार्यले ५ हजार ५ सय ५५ रुपैया महासंघका अध्यक्ष शिरीषलाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रम समुहका अध्यक्ष किरण आचार्यको अध्यक्षता, कोषाध्यक्ष कोपिला कँडेलको स्वागत र महासचिव मञ्जुल शाक्यको संचालनमा सम्पन्न भएको थियो ।