१५ चैत्र २०८०, बिहीबार
Follow Us

देशभर चिसो बढ्यो; काठमाण्डौमा कति छ तापक्रम

sarusaru
१३ पुष २०७४, बिहीबार ०४:०९

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ६ः३० बजे ३.६ रेकर्ड भएको छ ।

काठमाडौंको बिहीबार बिहान ८ः४५ बजेको तापक्रम भने ४.८ डिग्री सेल्सियस पुगेको छ । काठमाडाैंमा मापन भएकाे पुस १ को तापक्रम याे वर्षकै कम हो ।

मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको बिहान ६ः३० बजेकाे तापक्रम ३.६ रेकर्ड भएको जनाएको छ ।

तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ भने मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु ‘हाइ क्लाउड’ प्रवेश गरेकाले चिसो बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताइन् । ‘मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु प्रवेश गरेकाले चिसो बढ्ने सम्भावना छ,’ उनले भनिन् ।

– अनलाइन खबरबाट ।