८ बैशाख २०८१, शनिबार
Follow Us

प्रचण्डसँगको भेटपछि अध्यक्ष ओलीले बोलाए स्थायी समिति

नेपालब्रिटेन डट कम्
१३ पुष २०७४, बिहीबार ०६:२५

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग हिजो भेट गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजैका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी एकता, नयाँ सरकार गठन, राष्ट्रिय सभा विधयेक विवाद लगायतका विषयमा छलफल गर्न एमालेले स्थायी समितिको बैठक बोलाएको हो । बैठक दिउसो एक बजेपछि पार्टी अध्यक्ष केपी ओलीको भक्तपुर वालकोटस्थित निवासमा बस्नेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार भेट गरेपछि ओलीले आज छलफलका लागि स्थायी समितिको बैठक बोलाएका हुन । दुबै नेताले प्रधानमन्त्रीलाई तत्काल राजीनामा गरी नयाँ सरकारको बाटो खोल्न र निर्वाचन आयोगलाई पनि प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न आग्रह गरेका थिए ।