८ बैशाख २०८१, शनिबार
Follow Us

गौशालाको होटलमा भारतीय नागरिकको हत्या

नेपालब्रिटेन डट कम्
१३ पुष २०७४, बिहीबार ०६:२९

काठमाडौं । काठमाडौको गौशालामा गएराति एक भारतीय नागरिकको हत्या भएको छ । गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा बास बस्न पुगेका भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । होटलमा कुटपिटवाट घाइते भएका गुरुङको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गौशाला प्रहरीले जानकारी दिएको छ । मदिरा सेवनबाट उत्पन्न विवादपछि होटलका कर्मचारी र गुरुङबीच झगडा भएको देखिएकाले थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनमा सग्लन भएको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर छानविन अघि बढाइरहेको छ ।