१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र आज नेपालगञ्ज जाने

नेपालब्रिटेन डट कम्
१३ पुष २०७४, बिहीबार ०६:३१

नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाह आज बाँके जाँदैछन् । लामो समयपछि पारिवारिक भ्रमणका लागी उनी आज नेपालगञ्ज जान लागेका हुन । श्रीमती कोमल सहित उनी दिउसो पौने चार बजे नेपालगञ्ज जाने कार्यक्रम छ । पूर्व राजाले नेपालगञ्जमा तयार भएको सोल्टी होटलको उदघाटन गर्ने कार्यक्रम छ । शाह दम्पती करिव दुई साता पश्चिम नेपालमा रहने बताइएको छ । सो क्रममा शाह दम्पतीले केही धार्मिक क्षेत्रको भ्रमण गर्ने बताइएको छ । उनले पश्चिम नेपालमा रहदा राजवादी संघसंस्थाका प्रतिनिधिसँग भेटघाट समेत गर्ने कार्यक्रम छ ।