१३ बैशाख २०८१, बिहीबार
Follow Us

दीर्घरोग लागेका विरामीलाई मासिक पाँच हजार भत्ता

नेपालब्रिटेन डट कम्
१३ पुष २०७४, बिहीबार १०:४९

काठमाडौं । सरकारले दीर्घरोग लागेका विरामीहरुको जिविकोपार्जनका लागि मासिक भत्ता दिने भएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले दुवै मृगौलाले काम नगर्ने, क्यान्सर, स्पाइनल इञ्जुरी तथा पक्षघात भई अपांग भएका विरामीलाई जिविकोपार्जनका लागि मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको हो । जटिल रोग लागेको बिरामीलाई जीवनयापनको लागि सहयोग गर्न स्वास्थ्य मन्त्रालयको प्रस्तावमा जीवन निर्वाहको लागि भत्ता उपलब्ध गराउने निर्णय बैठकले गरेको हो ।
बैठकले स्वास्थ्य सचिवमा डाक्टर पुष्पा चौधरीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी डाक्टर चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय सरकारले गरेको हो । स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि स्वास्थ्य सचिव खाली थियो ।
त्यस्तै बैठकले निर्माणाधिन रानीपोखरीमा कंक्रिटको प्रयोग नगर्न निर्देशन दिएको छ । बैठकले रानीपोखरीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई आत्मसात् गर्दै पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार मात्र निर्माण कार्य अघि बढाउन निर्देशन दिएको हो । रानीपोखरी पुनर्निर्माण गर्दा काठमाडौँ महानगरले आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै विरोध हुँदै आएको छ ।
सरकारले व्यवसायिक शिक्षा तथा तालिम अविवृद्धि परियोजना कार्यक्रम सुदृढिकरणका लागि विश्व बैंकले उपलब्ध गराउने ६ अर्ब २१ करोड रुपैयाँ ऋण समेत स्वीकृत गरेको छ । यसैगरी धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको अनुसन्धान तथा विकास केन्द्रका लागि कोरिया सरकारले उपलब्ध गराउने एक अर्ब चार करोड बराबरको अनुदान पनि बैठकले स्वीकृत गरेको छ ।