१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको वैठक भोलि

नेपालब्रिटेन डट कम्
१३ पुष २०७४, बिहीबार ११:०१

काठमाडौं । कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुक्रवार बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनापछि कांग्रेस सभापति शेरवहादुर देउवाले पहिलो पटक केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा निर्वाचनको समिक्षा हुनुका साथै समानुपातिक सांसद चयनका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । दोस्रो संबिधान सभा निर्वाचनमा पहिलो दलको रुपमा रहेको नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतक्ष्यतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । निर्वाचनपछि केहीले पार्टी सभापति देउवाको राजिनामा समेत माग गर्दै आएका छन् ।