८ बैशाख २०८१, शनिबार
Follow Us

बजारमा दूषित खाद्य वस्तुको बिगबिगी ; खाद्य उद्योगबिरुद्ध मुद्दा दायर

sarusaru
१४ पुष २०७४, शुक्रबार ०२:०२

काठमाडौं । प्रभावकारी बजार नियमनको अभावमा बजारमा अखाद्य वस्तुको बिगबिगी देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना प्रयोगशाला परिक्षणले ठूला उद्योगकै उत्पादनहरू अखाद्य देखिएको छ ।

प्रयोगशाला परिक्षणका क्रममा अखाद्य देखिएपछि विभागले विभिन्न ५० उद्योग विरुद्ध मुद्दा दायर गरेको छ ।

चालू आर्थिक वर्ष (आव) २०७४/७५ को पहिलो चार महिनामा विभागले गरेको प्रयोगशाला परिक्षणमा एक सय १५ खाद्य नमूना उपभोगका लागि प्रतिकूल देखिएको छ ।

विभागले साउनदेखि कात्तिकसम्म गरेको बजार अनुगमनका क्रममा संकलित नौ सय तीन खाद्य नमूनाको प्रयोगशाला परिक्षण गरेको थियो ।

पानी सबैभन्दा बढी दूषित

विभागका अनुसार नमूना परिक्षणका क्रममा पानी सबैभन्दा बढी दूषित र उपभोगका लागि प्रतिकूल पाइएको थियो । उक्त अवधिमा विभागले गरेको प्रयोगशाला परिक्षणमा प्रशोधित पिउने पानीका ३८ वटा नमूना प्रतिकूल पाइएको थियो ।

त्यस्तै, दूध तथा दूग्धजन्य पदार्थका २० र खाद्यान्न तथा दलहनका १८ नमूना प्रतिकूल पाइएको विभागले जनाएको छ । तेल तथा घ्यू र गुलियो पदार्थका ९/९ र फल तथा सागपात पदार्थका ४ वटा नमूना पनि उपभोगका लागि प्रतिकूल पाइएको थियो ।

बजारमा विक्रीका लागि राखिएका उपभोग्य वस्तु अखाद्य पाइएपछि विभागले विभिन्न उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयका मुद्दा दायर गरेको छ । विभागले दायर गरेको मुद्दामा सबैभन्दा धेरै तेल तथा तेलजन्य पदार्थका छन् ।

विभागका अनुसार तेल तथा तेलजन्य पदार्थका १३ वटा र खाद्यान्न, तलहन र सोबाट बनेका खाद्य पदार्थका १० वटा मुद्दा विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको छ ।

विभागले दूध र दूघ्दजन्य पदार्थका ९, प्रशोधित पानीका ४ र फलफूल तथा सोबाट बनेका खाद्य पदार्थ र मिठाईका का ३÷३ वटा मुद्दा दायर गरेको छ ।

जिल्ला प्रशासनमा दायर गरिएका मुद्दामध्ये १८ वटा दूषित खाद्य पदार्थका, २५ वटा न्यून गुणस्तरका, ७ वटा लेवलसम्बन्धी छन् ।

त्यसमध्ये १७ मुद्दा विभागको केन्द्रीय कार्यालयबाट, १५ वटा हेटौंडा र अन्तर्गतका निरिक्षण इकाइबाट, ८ वटा विभागका विभिन्न निरिक्षण इकाइबाट र चार वटा धनगढी र अन्तर्गतका इकाइबाट दायर गरिएको विभागले जनाएको छ ।

विभागले खाद्य तथा दाना उद्योग, होटल, रेष्टुराँ र राजमार्गका होटलमा गरी एक हजार छ सय ८८ पटक अनुगमन गरेको थियो । विभागले उक्त अवधिमा ६ हजार ६७ नमूनाको प्रयोगशाला परिक्षण गरेको थियो ।

कुन –कुन उद्योगविरुद्ध मुद्दा ?

खाद्य उद्योग तथा व्यवसायको नाम कस्तो

सुजल डेरी प्रालि, थानकोट, काठमाडौं दूषित
संजिवनी डेरी उद्योग, भक्तपुर दूषित
दूघ्द विकास संस्थान, बालाजु, काठमाडौं दूषित
नेपाल डेरी प्रालि, धापाखेल, ललितपुर लेवल नभएको
मिल्कमाण्डू डेरी प्रालि, धापाखेल, ललितपुर लेवल नभएको
श्री एग्रो प्राशोसिङ एण्ड इण्ड प्रालि, बारा न्यून गुणस्तर
सिद्धार्थ आयल इण्डस्टि्रज, रुपन्देही न्यून गुणस्तर
रौनक आधुनिक तेल उद्योग, रुपन्देही न्यून गुणस्तर
सिद्धार्थ रिफाइनरी एण्ड सोल्भेण्ट इण्डस्टि्रज, रुपन्देह न्यून गुणस्तर
दुर्गा मोडर्न आयल मिल, रुपन्देही न्यून गुणस्तर
आरती भेजिटेवल प्रोडक्ट्स न्यून गुणस्तर
जलप्योर डि्रकिङ वाटर प्रालि काठमाडौं न्यून गुणस्तर
स्तुपा इण्डस्टि्रज, सुन्दरीजल, काठमाडौं न्यून गुणस्तर
प्रसिद्ध वाटर इण्डस्टि्रज न्यून गुणस्तर
नन्दन मिठाइ भण्डार, ललितपुर दूषित
शंखमुल मिठाइ पसल, भक्तपुर न्यून गुणस्तर
गौतम स्विट्स, न्यूरोड, काठमाडौं दूषित
चुरियामाई बेकरी उद्योग, हेटौंडा लेवल नभएको
एसियन सुपर मार्केट, घोराही, दाङ दूषित

– अनलाइन खबरबाट ।