१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेविसङ्घको विवाद मिल्यो, बुधबार मतदान हुने

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७३, सोमबार १४:१९

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको प्रतिनिधिका बारेको विवाद मिलेको छ । फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेविसङ्घका प्रवक्ता युपी लामिछाने जानकारी गराउनुभयो । नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि रहेको भनी असहमति जनाइएको थियो । लामिछानेका अनुसार विवाद मिलेपछि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।
अब मङ्गलबार गर्ने भनिएको मतदान बुधबार हुने र उम्मेदवारको मनोनयनको समय थप गरिएको छ । उहाँका अनुसार उम्मेदवारको मनोनयन मङ्गलबार बिहान ११ बजेसम्म राखिएको छ । यही साउन २३ गते भृकुटीमण्डपमा उद्घाटनपछि महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको थियो ।