८ बैशाख २०८१, शनिबार
Follow Us

चिनलाई रङ्गेहात समात्यौँ; ट्रम्प

sarusaru
१४ पुष २०७४, शुक्रबार १०:४८

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को शक्तिराष्ट्र चीनमाथि निकै गम्भीर आरोप लगाएका छन् । उनले आफूहरुले चीनलाई रंगेहात समातेको समेत दावी गरेका छन् । ट्रम्पले आफ्नो ट्वीटरमा लेखेका छन् ‘चीनले उत्तर कोरियालाई पेट्रोलियम आपूर्ति गरिरहेको छ । चीनले यसो गरिरहेको हामीले रंगेहात समातेका छौं ।’ यसअघि दक्षिण कोरियाले पनि आफ्नो स्याटेलाइट फोटोको हवाला दिँदै चीनका जहाजले उत्तर कोरियाली जहाजमा तेल स्थानान्तरण गरिरहेको दावी गरेको थियो ।

सिएनएनका अनुसार ट्रम्पले बिहीबार केही ट्वीट गरेका थिए । ट्रम्पले चीनले उत्तर कोरियालाई तेल दिनु चिन्ताको विषय भएको बताउँदै यो सब जारी रहे उत्तर कोरिया समस्याको समाधान निकाल्न नसकिने बताए । यस विषयमा चीनले भने आफूले सुरक्षा परिषदले लगाएको प्रतिबन्धको पालना गरेको बताएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चुनयिंगले यस विषयमा सुरक्षा परिषदसँग कुनै प्रमाण भए आफूहरु नियम कानुनअनुसार अगाडि बढ्ने बताउँदै यस विषयमा प्रमाण नभए कोही केही नबोल्नु नै ठिक हुने बताए ।

– डिसी नेपालबाट ।