६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन एघारौ युरोपेली क्षेत्रिय सम्मेलनको तयारी बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
१४ पुष २०७४, शुक्रबार १०:५१

गैरआवाशिय नेपाली संघको एघारौ यूरोपेली क्षेत्रिय बैठकको तयारी बैठक लक्जेम्बर्गमा सम्पन्न भएको छ । विहिबार लक्जेम्बर्गमा भएको तयारी बैठकमा भावि रणनिती तथा बैठकमा आर्इपर्ने समस्या तथा चुनौतीहरुलार्इ ध्यानमा राखेर छलफल भएको थियो ।

यूरोप क्षेत्रिय सयोंजक शिव कुमार बरुवालको प्रमुख आतिथ्य तथा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद लक्जेम्बर्गका अध्यक्ष नारायण बाहदुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा युरोप क्षेत्रिय उप सयोंजक एकराज गिरी, नेदरल्याण्डसका आइसीसी सदस्य नारायण आचार्य, लक्जेम्बर्गका आइसीसी सदस्य हरि बाहदुर खत्री, एनसीसी डेनमार्कका अध्यक्ष यामलाल सुबेदी, अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी लगायत राष्ट्रिय समन्वय समितिका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

एघारौ यूरोप क्षेत्रिय बैठक जुलाई २०१८ मा गर्नको निम्ति बैठकमा छलफल भएको थियो । बैठकको संचालन लक्जेम्बर्ग एनसीसी महासचिव बिमल बाबु उपाध्यायले गरेका थिए ।