April 1, 2020

आफ्नै दाजुबाट बहिनी बलात्कार हुँदा लुकाउन खोज्छन् घरपरिवार

  29th December 2017 मा प्रकाशित

आफ्नै दाजुले आफूलाई बलात्कार गरेपछि आफ्नी आमासँग यसबारे गुनासो गरेकी एक किशोरीले आमाले दिएको जवाफ सुनेपछि छाँगाबाट खसेझैं भइन् । उनकी आमाले उल्टै यसबारे हल्ला नगर्न र हल्ला गरे आफ्नै बिहेमा समस्या हुने बताएपछि ती किशोरी सहारा विहीन भइन् ।

अहिले ती किशोरी आफ्ना बलात्कारी दाजुलाई सजाय दिलाउन प्रहरी थाना धाइरहेकी छिन् । थानामा उजुरी दर्ता गरेको ३ दिन भयो तर प्रहरीले अहिलेसम्म आरोपी दाजुलाई पक्राउ गर्न सकेको छैन । अर्कोतर्फ घरमा पीडित किशोरीलाई बस्नै नसक्ने अवस्था आएको छ । परिवारका अन्य सदस्यले उनलाई घरबाट निकालेका त छैनन् तर यतिसम्म बेवास्ता गरेका छन् कि उनी घरमा भएर पनि नभएजस्तो व्यवहार गर्छन् ।

घटना भारतको विहार राज्यको बक्सरको हो । प्रहरीले बिहीबार राती आरोपीलाई पक्राउ गर्न धेरै ठाउँमा छापा मारेपनि केही हात लागेन । आफ्ना दाजुविरुद्ध उजुरी दिन पीडित किशोरी बुधबार प्रहरीकहाँ आएकी थिइन् । प्रहरीलाई दिएको निवेदनमा उनले विगत तीन महिनादेखि दाजुले बलात्कार गरिरहेको आरोप लगाएकी छिन् । ती किशोरीले आफूले दाजुको कर्तुत आमालाई भन्दा आमाले चुप बस्न पठाएको बताएकी छिन् । आमाले उनलाई यो कुरा अरुले थाहा पाए समाजमा बदनामी हुने र उनको बिहेमा समस्या हुने बताएकी थिइन् ।

आमाले यस्तो जवाफ दिएपछि ती किशोरीले काकीसँग गुहार मागेकी थिइन् । काकीले पीडित किशोरीलाई लिएर प्रहरीमा गइन् । ती दाजुले बहिनी प्रहरीमा गएको थाहा पाएपछि फरार भएका छन् । उनको मोवाइल फोन पनि बन्द भएको बताइएको छ । किशोरीका अनुसार आफ्ना बाबुआमा र भाइ खेतमा काम गर्न गएको बेला दाजुले उनलाई बलात्कार गर्थे ।

– डिसी नेपालबाट ।

प्रतिक्रिया