१३ बैशाख २०८१, बिहीबार
Follow Us

महिला अधिकार मञ्चको दशौं परिषद् उद्घाटन

नेपालब्रिटेन डट कम्
१४ पुष २०७४, शुक्रबार १४:१९

नवलपरासी । स्थानीय तहमा निवार्चित महिला जनप्रतिनिधिको भूमिका महिलाअधिकार सुनिश्चिताका लागि दरिलो आधार भएको भरतपुर महानगरपालिकाको उपमेयर पार्वती शाह ठकुरीले बताउनु भयो । राष्ट्रिय महिला अधिकार मञ्चको दशौं वार्षिक सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उपमेयर शाहले यस्तो बताउनु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि शाहले समानतामा आधारित समाज निर्माण हुन अझै नसकेकोमा चिन्ता व्यक्त गर्दै समानताको लागि सबै वर्ग, समुदाय क्षेत्रबाट एकजुट हुनुपर्ने औल्याउनु भयो । सो अवसरमा उहाँले महिला वर्गको हकअधिकारका लागि सामाजिक संघसंस्थाको भुमिका उल्लेखनीय रहेको समेत बताउनु भयो ।
यस्तै कार्यक्रमका विशिष्ठ अतिथी गैडाकोट नगरपालिकाकी उपमेयर विष्णु कँडेल सापकोटाले महिला हिंसामा मदिराजन्य वस्तु कारक तत्व रहेको भन्दै महिला हिंसा न्युनीकरणका लािग मदिरा नियन्त्रणका अभियान चलाउनु पर्ने धारणा राख्नु भयो । उहाँले महिलाको आर्थिक पाटो मजबुत हुन सक्यो भने पनि महिला सशक्तिकरणमा टेवा पुग्ने बताउनु भयो । शुक्रबारदेखि नवलपरासीको विजय विकास स्रोत केन्द्रमा सुरु भएको सो वार्षिक परिषद्को महिला अधिकार मञ्च, नेपाल ऐेतिहासिक यात्रा विषयक किताबको विमोचन गरी उद्घाट गरिएको थियो । कार्यक्रमका प्रमख अतिथी शाह, विशिष्ठ अतिथी कँडेल, कार्यक्रममा सहयोगी संस्था एक्सन एडका सदस्य विमल फुयाल र कार्यक्रमका अध्यक्ष विमला घिमिरे संयुक्तरुपमा विमोचन गर्दै कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा सहयोगी सस्था एक्सन एडका सदस्य फुयाल , मञ्चका पुर्व अध्यक्ष पुष्पा केसी, चितवन उपाध्यक्ष शुभद्रा दाहाललगायतले बोल्नु भएको थियो । मञ्चकी सचिव चेतना अधिकारीले संस्थाको परिचय दिनु भएको थियो भने, महासचिव टीका नगरकोटीले संस्थाको प्रगति विवरणबारे प्रस्तुत गर्नुभएको थियो । मञ्च कावा अध्यक्ष विमला घिमिरे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चितवन सदस्य मेनका रिमाललगायतको टोलीले स्वागत गान प्रस्तुत गरेका थिए ।
कार्यक्रममा केन्दिस सदस्य लेखा समितिकी निर्मला महतराले मञ्चको कोषको अवस्था वारे प्रष्टाउनु भयो । मञ्चले चलाएको खुत्रुक्के अभियानको प्रभावकारी भएको बताउदै अभियानबाट १ लाख ५ हजार ८ सय ७७ रुपैया जम्मा भइसकेको जानकारी दिनु भयो ।
सो कार्यक्रममा मञ्च पर्सा जिल्लाकी अध्यक्ष राजकुमारी उपाध्याय ढकाललाई विशेष सम्मान गरिएको छ । उहाँमाथि केही महिना अघि पर्सा जिल्लाका केही व्यक्तिले बोक्सीको आरोप लगाइ हातपातसहित दुर्वव्यवार गरेका थिए ।
सो अवसरमा मञ्चमा आवद्ध रहेका स्थानिय निवार्चनमा निवार्चित जन प्रतिनिधीहरुलाई पनि दोषल्ला ओढाएर सम्मान गरिएको छ । मञ्चमा आवद्ध रहेका ३२ जना महिला गत स्थानिय निवार्चनमा निवाचित भएकाछन् ।
मञ्चले कार्यक्रम उद्घाट गर्नु पुर्व स्थानिय संरचना बनावट पुरा गर , संरचनामा महिलाको उपस्थति वृद्धि गर , हाम्रो नारा हाम्रो भोट नविर्स वाचा ,दिन पाइन्न चोट लेखेका प्लेकाडहरु बोकी र्रयाली निकालीएको थियो । सो कार्यक्रममा घरेलु हिसांमा परेकी सृजना अर्यालेले मञ्चको सहयोेगमा आफूले पाएको अधिकारबारे आपना अनुभूति सुनाउनु भएको थियो ।
वि.स २०६५ सालमा स्थापना भएको मञ्च हाल ३२ जिल्लामा शाखाहरु गठन गरिएको छ भने अन्य ३ जिल्लामामा पनि सञ्जाल विस्तार तयारी गरिरहेको का.वा अध्यक्ष घिमीरेले बताउनु भयो । शनिवार सम्म सञ्चालन हुने सो वार्षिक परिषद्मा संघिय कानुन बनाउन कस्तो किसीमको दबाबमुलक कार्यक्रमहरु गर्ने संघियसंरचनामा मञ्चलाई कसरी सबलीकरण गर्ने लगायतका विविध विषयमा छलफल गरिने मञ्चको सचिवालय संयोजक विजु कण्डेले जानकारी दिनुभयो । मञ्चमा नेपाल भरीका ४८ हजार ७ सय ६७ जना महिला आवद्ध रहेका छन् ।
unnamed (1)